Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधवार सुनको भाउ स्थिर

बुधवार सुनको भाउ स्थिर

दैनिकी न्यूज

११, चैत्र २०७७
बुधवार सुनको भाउ स्थिर
images

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको भाउ स्थिर रहेको छ । स्थानीय बजारमा बुधवार सुनको भाउ अघिल्लो दिन अर्थात मंगलवारको भाउमा नै खरीदविक्री भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । मंगलवार तेजाबी सुन सोही भाउमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २४० रुपैयाँमा खरीदविक्री भइरहेको छ । मंगलवाको तुलनामा बुधवार चाँदी १० रुपैयाँले घटेको हो ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - १२:०२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology