Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सिंगटी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म कति आवेदन पर्यो ?

सिंगटी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म कति आवेदन पर्यो ?

दैनिकी न्यूज

११, चैत्र २०७७
सिंगटी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म कति आवेदन पर्यो ?
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मंगलवार अन्तिम दिनसम्ममा नौ गुणाभन्दा बढी आवेदन परेको छ ।

विक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार मंगलवार साँझसम्ममा कम्पनीको आईपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ। जुन २६ लाख ९७ हजार कित्ता आईपीओको ९ दशमलव १६ गुणाभन्दा धेरै हो।

कम्पनीले शुक्रबारदेखि बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपीओ मध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।

कम्पनीले विक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले मंगलवारदेखिनै विक्री बन्द भइसकेको छ। 

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०५:४१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology