Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा सोमबारसम्म ?

कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा सोमबारसम्म ?

दैनिकी न्यूज

१०, चैत्र २०७७
कति आवेदन पर्यो सिंगटी हाइड्रोको आईपीओमा सोमबारसम्म ?
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा चौथो दिन सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन् ।

यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । चौथो दिनसम्म मागभन्दा ७ दशमलव शून्य ७ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

उक्त आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । 

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - ०५:५०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology