Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु

दैनिकी न्यूज

९, चैत्र २०७७
नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनीहरु
images

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज नेप्से सूचक २४.०८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१४.३९ को विन्दुमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ४.७९ अंकले घटेर ४४८.८० को विन्दुमा समेटिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा कारोबार भएका छन्।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटाका शेयर मूल्यमा गिरावट आएको छ । आज होटेल तथा पर्यटन समूह १०४.९७ अंक र जलविद्युत् समूह १०१.७३ अंकले बढेको छ । उता यो दिन जीवन बीमा समूह सर्वाधिक ३१५.९६ अंकले गिरावट आएको छ । निर्जीवन बीमा समूह १८३.५८ अंक, बैंकिङ समूह २१.४८ अंक, व्यापार समूह १६.५ अंक, विकास बैंक समूह १९.५३ अंक, वित्त समूह ८.१९ अंक, उत्पादन तथा प्रशोधन समूह १२९.२२ अंक, अन्य समूह ३०.६२ अंक, लघुवित्त समूह ९२.७८ अंक, म्युचुअल फन्ड समूह ०.०५ अंक र लगानी समूह १.४ अंकले गिरावट आएको छ।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक ४६ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बंगलादेश बैंकको ३१ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २२ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २५ करोड ४० लाख रुपैयाँ, निफ्राको १९ करोड ७७ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ७३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १० करोड ३३ लाख रुपैयाँ, नेरुडे लघुवित्तको ९ करोड ४८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ३२ लाख रुपैयाँ र छिमेक लघुवित्तको ९ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै, उच्च कारोबार भएको अपर तामाकोशीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । सोमबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२६ रुपैयाँ पुगेको छ । त्यसैगरी, चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४२ रुपैयाँले बढी हो ।

यता प्रुडिन्सियल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ४।४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ३.७८ प्रतिशतले घटेको छ। 

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - १६:००:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology