काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहबिार नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अंकले बढेर ४४४.१५ को उचाइमा पुगेको बन्द भएको छ।
यस दिन बजारमा २१३ कम्पनीको ५७ हजार ७४२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै समूहमा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ४१५.४७ अंकले बढेको छ । निर्जीवन बीमा समूह १९१.०८ अंक, बैंकिङ समूह २६.११ अंक, होटेल तथा पर्यटन होटेल ११२.८८ अंक, विकास बैंक समूह २४.३७ अंक, जलविद्युत् समूह ३.१५ अंक, वित्त समूह १४.१५ अंक, उत्पादन तथा प्रशोधन समूह १६२.१३ अंक, अन्य समूह ४१.१३ अंक, लघुवित्त समूह १०२.१३ अंक, म्युचुअल फन्ड समूह ०.०६ अंक र लगानी समूह १.९५ अंकले बढेका छन् । उता यो दिन व्यापार समूहमा ३९.६ अंकको गिरावट आएको छ।
यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मार्दि, चन्द्रागिरी हिल्स र नेपाल बङ्गलादेश बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएका जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।