काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८७ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ७५० सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ४५० सय रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ बढेको छ। योसँगै चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बुधबार) चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको थियो।