Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

४, चैत्र २०७७
सेयर बजार दोहोरो अंकले बढ्यो
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४०.४० अंकले बढेर २ हजार ४३२.१४ अंकको विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै, राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० को उचाइमा पुगेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा कारोबार भएका छन्।

बुधबार १३ वटै समूह सूचक वृद्धि भएको छ । जीवन बीमा समूह सर्वाधिक ३७२.५८ अंकले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूह २२४.८७ अंक, बैंकिङ समूह १९.१५ अंक, व्यापार समूह ४२.९ अंक, होटेल तथा पर्यटन समूह ११२.६९ अंक, विकास बैंक समूह २६.८२ अंक, जलविद्युत् समूह ३१.०१ अंक, वित्त समूह १३.५३ अंक, उत्पादन तथा प्रशोधन समूह ९८.०८ अंक, अन्य समूह ४७.४३ अंक, लघुवित्त समूह ११३.८७ अंक, म्युचुअल फन्ड समूहम ०.१ अंक र लगानी समूह १.२६ अंकले बढेका छन् ।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै २० करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल लाइफको १८ करोड ८४ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १६ करोड ४१ लाख र अपर तामाकोशीको १४ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै नेपाल टेलिकमको ११ करोड ९६ लाख, नबिल बैंकको ११ करोड ६८ लाख, प्रभु बैंकको संस्थापक सेयर १० करोड ७३ लाख, नेपाल बंगलादेश बैंकको १० करोड ३१ लाख, नेको इन्सुरेन्सको ९ करोड ७ लाख र ग्लोबल आईएमई बैंकको ७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदी मर्दी, पञ्चकन्या माई हाइड्रोपारको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

४० अंकले बढेको बजारमा पनि घलेम्दी हाइड्रोको सेयर मूल्य भने ८.९५ प्रतिशतले घटेको छ । जसको सेयर प्रतिकित्ता १७३ रुपैयाँमा किनबेच भएको छ । 

images
प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - १६:५१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology