काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार तीन ओटा अलग अलग कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
ग्लोबल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलदव ८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती तीन ओटै कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर, लुम्बिनी विकास बैंकको पुस २६ गतेको साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर र नेपाल सेवा लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।