Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिजेल र पेट्रोलको भाउ बढ्यो

डिजेल र पेट्रोलको भाउ बढ्यो

दैनिकी न्यूज

३, चैत्र २०७७
डिजेल र पेट्रोलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा भाउ वृद्धि गरेको छ । निगमले आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको भाउ बढाएको हो ।

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ भाउ अनुसार अब पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७४ कायम गरिएको छ । अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको छ । मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २१:१७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology