Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई कम्पनीको शेयरमूल्य समायोजन

दुई कम्पनीको शेयरमूल्य समायोजन

दैनिकी न्यूज

३, चैत्र २०७७
दुई कम्पनीको शेयरमूल्य समायोजन
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले गत आर्थिक वर्ष २०७६–०७७ को बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेका अनुसार नेपाल हाइड्रोको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३२५ रुपैयाँ तोकिएको छ।

त्यस्तै महालक्ष्मी विकास बैंकको यस दिन ८.८० प्रतिशत बोनस शेयर समायोजन भएको छ। समायोजनपश्चात बैंकको शेयरमूल्य २६९ रुपैयाँ कायम भएको छ। 

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - ०९:१६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology