Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

दैनिकी न्यूज

२, चैत्र २०७७
आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर २ हजार तीन सय ८९ दशमलब १९ विन्दुमा आएर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ५२ हजार ३०९ वटा कारोबार भई ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको कारोबार भएका छन्।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घट्दै ४३०.०५ को विन्दुमा समेटिएको छ। आइतबार पनि नेप्से ५१.२३ अंकले घटेको थियो ।

आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४३ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपर तामाकोशीको यस दिन २९ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । 

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १५:४७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology