काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ। सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएको छ।
यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ ।
प्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ । त्यस अनुसार मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।