Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सूर्योदय लघुवित्तले प्रस्ताव गर्यो लाभांश

सूर्योदय लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२, चैत्र २०७७
सूर्योदय लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.३४५७७ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८०७६७ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश गरि कुल १६.१५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपैयाँ रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७७ सोमवार - १०:५२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology