काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.२३ अंकले घटेर २ हजार ४ सय ७ दशमलब २५ विन्दुमा थामिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले घट्दै ४३५।१३ को विन्दुमा समेटिएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा कारोबार भएका छन्। दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबार भएका सबै समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । यो दिन होटेल तथा पर्यटन समूह ६१.१२ अंकले बढ्दा जलविद्युत् समूह पनि ४७.८२ अंकले बढ्यो । उता यो दिन जीवन बीमा समूह सर्वाधिक ४५३.९ अंकले गिरावट आएको छ । निर्जीवन बीमा समूह ३७४.५३ अंक, बैंकिङ समूह ३२.३३ अंक, व्यापार समूह २१३.१६ अंक, विकास बैंक समूह ३७.८४ अंक, वित्त समूह १८.८९ अंक, उत्पादन तथा प्रशोधन समूह ९६.३४ अंक, अन्य समूह ९६.३६ अंक, लघुवित्त समूह ९०.६८ अंक, म्युचुअल फन्ड समूह ०.२ अंक र लगानी समूह २.५६ अंकको गिरावट आएको छ।
यो दिन माथिल्लो तामाकोशीको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २७ करोड ५६ लाख, नबिल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६७ लाख, ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ६२ लाख, नेपाल टेलिकमको ११ करोड ९८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १० करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
बजार घटे पनि आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।
यो दिन हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।