काठमाडौं । फागुन २१ गतेदेखि विक्री खुला भएको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाखभन्दा बढीले दिए आवेदन छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा बुधवार साँझसम्म १८ लाख ३२ हजार ९५८ जनाले आवेदन दिएका छन् । जुन हालसम्मकै धेरै आईपीओमा परेको आवेदन हो ।
यी आवेदकहरुबाट ३ करोड ८५ लाख ९६ हजार ५५० कित्ताको खरीद माग भएको सिडिएससीको भनाइ छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।
हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।
कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७६–७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार रहेको छ । आर्थिक अभियानबाट