Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार नेप्से सूचक सामान्य अंकले घट्यो

बुधबार नेप्से सूचक सामान्य अंकले घट्यो

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
बुधबार नेप्से सूचक सामान्य अंकले घट्यो
images

काठमाडौं । आज (बुधबार) ३ दशमलव ४० अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २४५८.४८ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सेन्सेटिभ भने ०.०२ अंकले उकालो लागेर ४४५.२३ को विन्दुमा उक्लिएको बन्द भएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३६ रुपैयाँमा बराबरको किनबेच भएका छन् ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा समूहको शेयरमूल्य बढेको छ भने बाँकी बाँकी ६ वटाको शेयर मूल्यमा गिरावट आएको छ ।

यो दिन व्यापार समूहमा सबैभन्दा बढी २९६.९७ अंकले बढेको छ । होटल तथा पर्यटन समूह ५१ं.७२ अंक, जलविद्युत् ४.१८ अंक, वित्त समूह ४.५३ अंक, उत्पादन तथा प्रशोधन समूह ९५.७६ अंक, अन्य समूह ३८.७३ अंक र लगानी समूह ०.०२ अंकले बढेको छ ।

उता आज जीवन बीमा समूह सर्वाधिक १२८.८३ अंकले गिरावट आएको छ । निर्जीवन बीमा समूह १२७.३६ अंक, बैंकिङ समूह १०.९ अंक, विकास बैंक समूह १०.८४ अंक, लघुवित्त समूह ४०.०१ अंकले गिरावट आएको छ।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ५५ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २० लाख ७१ हजार २५ हजार, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ६६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको १३ करोड ४९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको १२ करोड ६२ लाख रुपैयाँ, नेपाल पुर्नबीमा कम्पनीको १२ करोड २ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ११ करोड १३ लाख रुपैयाँ, नेपाल लाइफको १० करोड ४१ लाख रुपैयाँ, स्वबलम्बन लघुवित्तको ९ करोड ६६ लाख रुपैयाँ र अपिको ९ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ३ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। ती कम्पनीका सेयरमूल्य करिब १० प्रतिशत हाराहारीले बढेका हुन् । चन्द्रगिरी हिल्स,घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लाग्यो ।

बुधवार रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - १६:५४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology