काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन हो । कम्पनीले फागुन २१ गते शुक्रबारदेखि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्न लागेको हो ।
मंगलवार साझ ६ बजेसम्म यस कम्पनीको आईपीओ खरीदका लागि १६ लाख ४ हजार १४९ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । तीमध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
ऊक्त आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।