Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आईपीओ निष्कासनको लागि तीन ओटा कम्पनीले मागे बोर्डसँग अनुमति

आईपीओ निष्कासनको लागि तीन ओटा कम्पनीले मागे बोर्डसँग अनुमति

दैनिकी न्यूज

२६, फाल्गुण २०७७
आईपीओ निष्कासनको लागि तीन ओटा कम्पनीले मागे बोर्डसँग अनुमति
images

काठमाडौं । दुई ओटा लघुवित्त कम्पनी सहित तीन ओटा कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावरले आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएका हुन् ।

मनकामना स्मार्ट लघुवित्तले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ विक्रीको तयारी गरेको हो । यस कम्पनीले उक्त आईपीओ विक्रीको लागि बोर्डमा फागुन १४ गते निवेदन दिएको हो ।

त्यस्तै जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । यो आईपीओ विक्रीका लागि कम्पनीले फागुन १७ गते बोर्डमा निवेदन दिएको हो ।

सयपत्री हाइड्रोपावर लिमिटेडले भने आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि रू। ९ करोड बराबरको ९ लाख कित्ता आईपीओ विक्रीको अनुमति मागेको हो । कम्पनीले फागुन २० गते निवेदन दिएको बोर्डले जानकारी गराएको छ ।

मनकामना स्मार्ट लघुवित्त र जिवन विकास लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल र सयपत्री हाइड्रोपावरको एनआईबिएल एस क्यापिटल लिमिटेड रहनेछ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०६:२६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology