काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेड र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
बुधबार नेप्सेमा एनएमबी बैंकको १ करोड ८७ लाख ८२ हजार ७८.९६ कित्ता र ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३।४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले शेयरधनीलाई १३ प्रतिशत र ज्योति विकास बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त बोनस शेयरधनीको डिम्यट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।