Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

दैनिकी न्यूज

२५, फाल्गुण २०७७
सेयर बजारमा भारी गिरावट
images

काठमाडौं ।  साताको तेस्रो दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) नेप्से २३.२२ अंकले घटेर दुई हजार चार सय ६१ दशमलब ८८ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् । बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी पाँच कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १७:३६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology