Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्‍यो ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा

कति आवेदन पर्‍यो ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा

दैनिकी न्यूज

२४, फाल्गुण २०७७
कति आवेदन पर्‍यो ज्योति लाईफ इन्स्योरेन्सको आईपीओमा
images

काठमाडौं । शुक्रवारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्म ११ लाख ९८ हजार ८३५ जनाको आवेदन परेको छ ।

आइतवार ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ६४ लाख ३३ हजार ९८० कित्ताका लागि रू. २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार बराबरको आवेदन परको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाइ छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७६–७७ सम्म प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०६:०९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology