Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो नेपाल हाइड्रो डेभलोपर्सले लाभांश ?

कति प्रस्ताव गर्यो नेपाल हाइड्रो डेभलोपर्सले लाभांश ?

दैनिकी न्यूज

२३, फाल्गुण २०७७
कति प्रस्ताव गर्यो नेपाल हाइड्रो डेभलोपर्सले लाभांश ?
images

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष ०७४र७५ को लागि २०७५ साल पुस ९ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस समेत जोडेर १५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको जानकारी दिएको छ ।

उक्त बोनस शेयर वितरण गर्ने निर्णय भए पनि विशेष कारणबस सभा हुन नसकेको र सोको लागि बुक क्लोज पनि नभएकाले यस वर्ष समावेश गरिएको कम्पनीले प्रष्ट पारेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न चैत १७ गते १२औं, १३औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ ।

दिउँसो ३ बजे हुने सभा प्रयोजनका लागि कम्पनीले चैत ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ११:२७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology