Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सिंगटी हाइड्रोका आईपीओ चैत ६ गतेदेखि निष्काशन हुने

सिंगटी हाइड्रोका आईपीओ चैत ६ गतेदेखि निष्काशन हुने

दैनिकी न्यूज

२१, फाल्गुण २०७७
सिंगटी हाइड्रोका आईपीओ चैत ६ गतेदेखि निष्काशन हुने
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ चैत ६ गतेदेखि निष्काशन गर्ने भएको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा चैत १० गते र ढिलामा चैत २० गते बैंकिङ समयपछि हुनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ११:०२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology