काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
संस्थाको ३.५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय ६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
यस लघुवित्तको नवौँ वार्षिक साधारण सभा चैत्र ५ गते बिहीबार बोगनभिल्ला इभेन्टस त्रिपुरेश्वरमा हुने भएको छ ।
संस्थाले चैत ५ गते बस्ने साधारण सभाको लागि बिहीबार फागुन २० गते बुक क्लोज गरेको छ । जसअनुसार बुधबार फागुन १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।