Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१ करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

१ करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

१९, फाल्गुण २०७७
१ करोड ३ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:२४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology