काठमाडौं । दुई ओटा कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्ने छन् ।