Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

दैनिकी न्यूज

१८, फाल्गुण २०७७
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो
images

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुगेको छ ।

नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हा ।

निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा लगानी बढे पनि सोही अवधिमा निक्षेप सङ्कलनको वृद्धिद् भने कम देखिएको छ । एक साताको सोही अवधिमा बैङ्किङ प्रणालीमा ११ अर्ब रुपियाँ निक्षेप थपिएको छ ।

समग्रमा फागुन १४ सम्ममा वाणिज्य बैङ्कहरूले ३८ खर्ब नौ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने ३३ खर्ब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार सोमबारसम्म बैङ्किङ प्रणालीमा ७१ अर्ब रुपियाँ तरलता रहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - ०७:०६:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology