Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढ्यो

दैनिकी न्यूज

१७, फाल्गुण २०७७
डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदाथमा भाउ बढाएको छ । निगमले आज (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको भाउ बढाएको हो । 

निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर नाफा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो ।

त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ । मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - २०:४३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology