काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगानी समुह थप गरेको छ । नेप्से व्यवस्थापनको फागुन ७ गतेको निणर्य अनुसार उक्त समुह थप गरेको हो ।
भोली (फागुन १६ गते आइतबार) देखि लागू हुने गरि उक्त समुह थप गरेको नेप्सेले जनाएको छ । यसअघि नेप्सेमा ११ समुहगत परिसूचक रहेकोमा लगानी समुह समेत गरी १२ पुगेका छन् ।
लगानी समुहमा हाल अन्य समुहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत लगानी कम्पनी र एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलमेन्ट रहेका छन् ।
यस्तै नेप्सेले होटल समुहलाई पनि परिमार्जित गरी होटल तथा पर्यटन समुह बनाएको छ । समुहमा चन्द्रागिरी हिल्स कम्पनीलाई राखिएको छ ।