Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि निष्काशन

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि निष्काशन

दैनिकी न्यूज

१४, फाल्गुण २०७७
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि निष्काशन
images

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरोशेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री गर्न कम्पनीले गत फागुन ७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०८:०२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology