Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर लगानीले बढायो निर्जीवन बीमा कम्पनीहरूको नाफा

शेयर लगानीले बढायो निर्जीवन बीमा कम्पनीहरूको नाफा

दैनिकी न्यूज

१२, फाल्गुण २०७७
शेयर लगानीले बढायो निर्जीवन बीमा कम्पनीहरूको नाफा
images

काठमाडौं । कोरोना विपद्का बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७्-७८ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको औसत नाफा २८ प्रतिशतले बढेको छ । २० निर्जीवन बीमा कम्पनीमध्ये १८ कम्पनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

पुस मसान्तसम्म १८ निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ८ करोड १४ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरूले रू। १ अर्ब ६२ करोड खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा यी कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने १५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । भारतीय स्वामित्वका दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले भने अझै यस्तो वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा भने थप मात्रामा बढ्नेछ । बीमांकीय मूल्यांकनबाट बीमा कोष, असमाप्त जोखिमबापतको व्यवस्थाबाट केही रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यसपछि बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, निर्जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको स्वयम निर्जीवन बीमा कम्पनीहरू बताउँछन् ।

विशेषगरी निर्जीवन बीमा कम्पनीहरूले शेयर बजारमा गरेको लगानीले गर्दा नाफा बढेको हो । निर्जीवन बीमा कम्पनीहरूले पनि दोस्रो बजारमा शेयर किनबेच गर्न पाउँछन् ।

बीमा कम्पनीहरूले टेक्निकल रिजर्भ ९लगानीयोग्य रकमको योगफल० को २० प्रतिशतसम्मको रकम शेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।

समीक्षा अवधिमा नेपाली शेयरबजार बुलिश ट्रेन्ड ९बढ्दो क्रम० मा छ । त्यस अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले शेयर कारोबारको नाफा बुक गर्दा कम्पनीको नाफा पनि बढेको हो ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले मुख्यतः शेयरमा गरेको लगानीकै कारण नाफा बढेको बताए । ‘कोरोना महामारी पनि निर्जीवन बीमा कम्पनीहरूको नाफा बढेको छ । त्यसको मुख्य कारण नै निर्जीवन बीमा कम्पनीहरूले शेयरबजारमा गरेको लगानी हो,’ उनले भने, ‘शेयरमा गरेको लगानीबाट नाफा बुक गर्दा कम्पनीको नाफा पनि बढेको हो ।’ कोरोनाका कारण व्यावसायिक कारोबार केही प्रभावित भए पनि शेयर कारोबारबाट भएको आम्दानीले नाफामा राम्रो सुधार देखिएको कम्पनीहरूको भनाइ छ ।

नाफा कमाउने मामलामा यसपटक नेको इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले यस अवधिमा रू। २६ करोड ४० लाख नाफा कमाएको छ । यसअघि पहिलो स्थानमा रहेको शिखर इस्योरेन्स भने यसपटक दोस्रो स्थानमा आएको छ । समीक्षा अवधिमा उक्त कम्पनीले रू। २४ करोड १४ लाख खुद नाफा कमाएको छ ।

नाफा कमाउने मामलामा प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ । उक्त कम्पनीले पुससम्म रू। १८ करोड ६९ लाख खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा १० निर्जीवन बीमा कम्पनीको खुद नाफा रू। १० करोडभन्दा बढी रहेको छ । १० करोडभन्दा बढी खुद नाफा कमाउनेमा सगरमाथा, एनएलजी, आईएमई जनरल र राष्ट्रिय बीमा कम्पनी पनि रहेका छन् । यसैगरी सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा पनि १० करोडभन्दा बढी रहेको छ । यीबाहेकका कम्पनीको नाफा भने रू. १० करोडभन्दा तल रहेको छ । यो खबर आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - ०६:०९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology