Logo

शनिवार, आश्विन २४ गते २०८३

images

हकप्रद निष्कासनका लागि अपि पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति

हकप्रद निष्कासनका लागि अपि पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति

दैनिकी न्यूज

११, फाल्गुण २०७७
हकप्रद निष्कासनका लागि अपि पावरले धितोपत्र बोर्डसँग माग्यो अनुमति
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

कम्पनीले १ बराबर ०.२९ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्रीको अनुमति माग्र्दै फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले पहिलो चरणमा गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०६:२५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology