Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्दै

ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्दै

दैनिकी न्यूज

१०, फाल्गुण २०७७
ज्योति लाइफले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्दै
images

काठमाडौं एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बाँडफाँट भएको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले आइपिओ बिक्रीको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ ।

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ । पछिल्लो विवरण अनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् । यस्तै अनलाइन कारोवारका लागि नेप्सको टिएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ । पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - ०६:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology