Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ज्योति लाइफलाई आईपीओ विक्री गर्न बोर्डले दियो अनुमति

ज्योति लाइफलाई आईपीओ विक्री गर्न बोर्डले दियो अनुमति

दैनिकी न्यूज

९, फाल्गुण २०७७
ज्योति लाइफलाई आईपीओ विक्री गर्न बोर्डले दियो अनुमति
images

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।

उक्त कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको छ ।

आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - २०:३९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology