काठमाडौं । यस साता वाणिज्य बैंकका शेयरधनीले आकर्षक मुनाफा प्राप्त गरेका छन् । एक हप्तामा २६ ओटा वाणिज्य बैंकहरुको शेयरमूल्य औषतमा ३१ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा बढी नबिल बैंकको शेयरमूल्य १५४ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य गत हप्ता प्रतिकित्ता रू। १ हजार २१२ रहेकोमा यस हप्ता बिहीवार बढेर प्रतिकित्ता रू। १ हजार ३६७ पुगेको हो । दोस्रोमा एनआईसी एशिया बैंकको शेयरमूल्य ७४ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता रू। ९६३ पुगेको हो ।
पछिल्लो शेयर बजार बढेसँगै लगानीकर्ताले सेक्टरवाइज लगानी गरिरहेका छन् । केहि समय अगाडि इन्स्योरेन्स र लघुवित्त समूहका कम्पनीको शेयरमूल्य बढिरहेको थियो । भने यस हप्ता बैंकहरुतर्फ लगानीको आकर्षण बढेको देखिन्छ । त्यसोत लगीकर्ताले सबैभन्दा सुरक्षित सेक्टर बैंकिङ मानिरहेका हुन्छन् ।
प्रायः जसो लगानीकर्ताले दीर्घकालिन लाभांशको लागि लगानी गरेका हुन्छन् भने कतिपयले ठूलो मात्रमा शेयर खरीद गरेर निश्चित अपेक्षित प्रतिफल प्राप्त भएपछि विक्री गर्ने गरेको पाइएको छ ।
नेप्से परिसूचक १ हजार ८०० विन्दुमा हुँदा शेयर खरीद गरेका एक लगानीकर्ताले भने त्यतिबेला खरीद गरेको बैंकहरुको शेयरमूल्य बजार बढेपनि अपेक्षित रुपमा अझै नबढेको बताए । उनका अनुसार बैंकहरुको शेयरमूल्य अझै १ हजार ८०० विन्दुमा नेप्से हुँदाको बेलाकै शेयरमूल्य भएकाले अझै बढ्ने अपेक्षा रहेको बताए ।
तलको टेबलमा माघ २९ गतेको शेयरमूल्य र फागुन ७ गतेसम्म एक साताको शेयरमूल्यसँग तुलनामा गरिएको छ । आर्थिक अभियानबाट