Logo

शनिवार, आश्विन २४ गते २०८३

images

महिला लघुवित्तको आईपीओमा करीव ६० गुणा आवेदन, आईपीओ भर्ने आज अन्तिम दिन

महिला लघुवित्तको आईपीओमा करीव ६० गुणा आवेदन, आईपीओ भर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

५, फाल्गुण २०७७
महिला लघुवित्तको आईपीओमा करीव ६० गुणा आवेदन, आईपीओ भर्ने आज अन्तिम दिन
images

काठमाडौं । महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा २ अर्ब २४ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । मंगलबार ५ वजेसम्ममा १४ लाख ४४ हजार ५८८ आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा २ करोड २४ लाख ८२ हजार ७२० कित्ता अर्थात २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ५९।९५ गुणा बढि हुन आउँछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ। गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन लम्बिएको हो। यसअघि आईपीओ निष्कासन छिटोमा फागुन ४ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो ।

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ। 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - ०५:५४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology