Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजारमा उछाल

शेयर बजारमा उछाल

दैनिकी न्यूज

३, फाल्गुण २०७७
शेयर बजारमा उछाल
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन सोमबार हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज ९२.४२ अंकले नेप्से बढेर २ हजार पाँच सय ८६ दशमलब १ विन्दुमा आएर कारोबार बन्द भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंकले बढेर ४६९.४४ बिन्दुमा पुगेको छ । 

त्यस्तै, नेप्सेमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ भने आज कारोबार भएका सबै समूहहरुमा हरियाली छाएको छ ।

आइतबार भएको मौद्रिक नीतिको समीक्षामा कुनै ठूलो परिवर्तन नआएपछि शेयरबजारमा उत्साह छाएको छ । विशेषगरी यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। यस दिन अधिकांश लघुवित्तहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १५:२७:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology