Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ६ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर सूचिकृत

नेप्सेमा ६ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर सूचिकृत

दैनिकी न्यूज

३, फाल्गुण २०७७
नेप्सेमा ६ कम्पनीको १ करोड ५ लाख कित्ता शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) ६ वटा कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।

नेप्सेमा हिमालयन डिस्टिलरीसहित मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र कामना सेवा विकास बैंकका बोनस सेयरहरु सूचीकृत भएका हुन्। यी कम्पनीका १ करोड ५ लाख कित्ता बढी सेयर सूचीकृत भएका छन्।

नेप्सेमा हिमालयन डिस्टिलरीको २८ लाख ९२ हजार ३४१।२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले सेयरधनीहरुलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशतले हुन आउने ४८ लाख ६५ हजार ६१३.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

यस्तै लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता (१५ प्रतिशत), एनएलजी इन्स्योरेन्सको ७ लाख १७ हजार २५५ कित्ता (७ प्रतिशत) र अरुण भ्याली हाइड्रोपावरको ४ लाख ९९ हजार १६२ कित्ता (५ प्रतिशत) बोनस सेयर सूचीकृत भएका छन्।

त्यस्तै कामना सेवा विकास बैंकको ४ प्रतिशतले हुन आउने ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १४:५५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology