Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो ग्रीन डेभलपमेन्ट बैंकले लाभांश ?

कति प्रस्ताव गर्यो ग्रीन डेभलपमेन्ट बैंकले लाभांश ?

दैनिकी न्यूज

२९, माघ २०७७
कति प्रस्ताव गर्यो ग्रीन डेभलपमेन्ट बैंकले लाभांश ?
images

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४ प्रतिशतले हुन आउने २ करोड रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा बैंकको सेयर प्रिमियमबापत रहेको रकमबाट बैंकको चुक्तापुँजीको १ प्रतिशतले हुन आउने ५० लाख रुपैयाँबराबर र गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २.८० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ गरी कुल ३.८० प्रतिशतले हुन आउने १ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने १० लाख रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणभासबाट अनुमोदन भएपछि सेयरधनीहरु हकदार हुनेछन् । 

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ११:३७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology