Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो लाभांश

डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२९, माघ २०७७
डिप्रोक्स लघुवित्तले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतशित बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २८ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ११:३१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology