Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से ८.६६ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से ८.६६ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२८, माघ २०७७
नेप्से ८.६६ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६६ अंकले बढेर २५४३.०३ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंकले बढेर ४६५.१३ को उचाइमा पुगेको छ । यस दिन बजारमा १९१ कम्पनीको ६२ हजार १५ पटकको कारोबारमा ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेपनि यो सन्तोषजनक नै रहेको लगानीकर्ताहरु बताउँछन् ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ६२.१५ अंकले बढेको छ । होटेल्स् समूह ४४.६ अंक, बैंकिङ समूह २६.६१ अंक, विकास बैंक समूह १.०१ अंक र वित्त समूह ३८.१२ अंकले बढेको छ । उता जीवन बीमा समूह सबैभन्दा बढी ११५.५९ अंकले घटेको छ । व्यापार समूह ९७.६७ अंक, जलविद्युत् समूह १९.२७ अंक, उत्पादन तथा प्रशोधन ६९.११ अंक, अन्य समूह ६.२ अंक, लघुवित्त समूह ४४.९७ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले गिरावट आएको छ ।

यो दिन ग्लोबल आईएमई बैंकको सर्वाधिक ५२ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ । प्रभु बैंकको ४६ करोड ८ लाख, कुमारी बैंकको ३७ करोड १४ लाख, शिखर इन्स्योरेन्सको ३३ करोड ३७ लाख, एनसीसी बैंकको २७ करोड ६५ लाख, डिप्रोक्स लघुवित्तको २४ करोड ६६ लाख, नेशनल लाइफ इन्स्योरेन्सको १९ करोड ३३ लाख, नेपाल टेलिकमको १६ करोड ४४ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १५ करोड ९६ लाख रुपैयाँ र नबिल बैंकको १५ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस दिन गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र आइसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ६.३८ प्रतिशत घटेको छ । 

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १७:०५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology