काठमाडौं । यो सातोको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा २९.०१ अंकले गिरावट आएको छ । राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८९ अंकले घटेर ४६१.७० को विन्दुमा ओर्लेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटा समूहमा मात्र हरियाली छाएको छ भने बाँकी १० वटा समूहको शेयरमूल्यमा गिरावट आएको छ । यो दिन विकास बैंक समूह २५.५२ अंकले बढ्यो भने वित्त समूह पनि १२.७२ अंकले वृद्धि भयो ।
आज जीवन बीमा समूह सर्वाधिक २७४.०३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २३७.१४ अंक, बैंकिङ समूह ९.४२ अंक, व्यापार समूह ४९.४९ अंक, होटेल्स् समूह ३२.८६ अंक, जलविद्युत् समूह २९.७६ अंक, उत्पादन तथा प्रशोधन समूह ९८.९४ अंक, अन्य समूह ३३.६८ अंक, लघुवित्त समूह १२८.२४ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले गिरावट आएको छ।
यो दिन ग्रामीण विकास लघुवित्तको सर्वाधिक ३४ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको ३० करोड ५८ लाख, ग्लोबल आईएमई बैंकको २९ करोड ४५ लाख, डिप्रोक्स लघुवित्तको २५ करोड ७५ लाख, एनआईसी एसिया बैंकको २२ करोड ९१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ७६ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ६४ लाख, नेपाल टेलिकमको २१ करोड २९ लाख, नबिल बैंकको २१ करोड २७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २१ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र समृद्धि फाइनान्स सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन सपोर्ट माइक्रोफाइनान्स र निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी लघुवित्तका सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। आज माउन्टेन इनर्जीको सेयरमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ।