काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको आईपीओ आजबाट बन्द हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रह र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलार्ई आज बैंकिङ्ग समय पश्चात आवेदन बन्द गर्न निर्देशन दिएको हो । कम्पनीले गत २३ गतेदेखि प्रतिशेयर रू। १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो ।
यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आइपीओमा सोमबार साँझसम्ममा १० लाख ९१ हजार २५१ जना आवेदकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
यो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओको ६.१ गुणा धेरै हुन आउछ ।