Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, नेप्से ऐतिहासिक विन्दुमा

नेप्से दोहोरो अंकले बढ्यो, नेप्से ऐतिहासिक विन्दुमा

दैनिकी न्यूज

२६, माघ २०७७
नेप्से दोहोरो अंकले बढ्यो, नेप्से ऐतिहासिक विन्दुमा
images

काठमाडौं । निरन्तर ओझेलमा परेको बैंकिङ समूहमा चमक देखिँदा सेयर बजारमा थप हरियाली छाएको छ । आज नेप्से सूचकलाई बैंकिङ, जीवन बिमा र विकास बैंक समूहले साथ दिएका छन् ।

आज नेप्से ३७.४८ अंकले बढेर २ हजार पाँच सय ६१ दशमलब ४७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ७.२८ अंक र फ्लोट इण्डेक्स ३.३६ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । आज कारोबार शुरु भएको केहि बेरमै नेप्से दुई हजार पाँच सय ६३ दशमलब ३० विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो । यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से २ हजार पाँच सय २४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

यस दिन २०६ कम्पनीको ९२ हजार ७९ पटकको कारोबारमा १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् । सोमबार बैंकिङ ६२.७२, जीवन बिमा २११.३७, विकास बैंक ८६.४२, होटल फाइनान्स, अन्य र म्यूचुअल फण्डको समूह सूचक बढेपछि त्यसको रफ्तार नेप्सेमा परेको हो ।

सोमबार कारोबार रकममा पनि वाणिज्य बैंक समूहको बर्चश्व छ । प्रभु बैंकको सबैभन्दा धेरै ५८ करोड ४ लाख । नबिलको ३२ करोड २२ लाख छ भने नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ६६ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । उच्च कारोबार हुने १० कम्पनी मध्ये वाणिज्य बैंक समूहका ५ वटा छन् ।

नेपाल इन्फ्रास्टकचर डेभलपमेन्ट बैंक र चन्द्रागिरि हिल्सको प्राथमिक निष्काशनमा हालेको सेयर बाँडफाँड भएर नपरेको सेयरको रकम फिर्ता भएसँगै बजारले गति समाएको हो । बजारले नयाँ उचाई लिइरहँदा ओझेलमा परेको भनेर बाणिज्य बैंकको सेयर प्रति लगानीकर्ताको सधै गुनासो रहँदै आएको छ । तर, सोमबार भने अधिकांश बाणिज्य बैंकहरुको सेयर मूल्यले उचाई लिएको छ । यद्यपि, विगतमा बैंक बाहेकका कम्पनीहरुको जस्तो तीब्र उछाल भने छैन् ।

बैंकिङ्ग क्षेत्रतर्फ लगानीकर्ता लागेकाले पनि बजार सुधारको क्रम जारी रहने आँकलन गरिएपनि बजारमा जोखिम भने बढ्दै गएको छ । यस्तो अवस्थामा वित्तीय सूचकमा बलिया र शेयरमूल्य कम भएका कम्पनीको शेयरमा लगानी गर्न विज्ञहरुको सुझाव छ ।

सोमबार पनि ग्रामिण लघुवित्त विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले बढेको छ । त्यसलाई पछ्याउँदै प्रभू बैंक ९.१७ प्रतिशत, प्रभू बैंक संस्थापक सेयर ८.७७ प्रतिशत, सनराइज बैंक ८.४५ प्रतिशत र माछापुच्छ«े बैंक ८.३९ प्रतिशतले बढेको छ ।

बजार बढे पनि अधिकांश लघुवित्त र जलविद्युत् कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

 

 

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १५:३७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology