Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

२६, माघ २०७७
कति प्रस्ताव गर्यो प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८।४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।


उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । 

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १३:१८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology