Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से ४८ अंकले बढ्यो, १० अर्ब ४४ करोडको कारोबार

नेप्से ४८ अंकले बढ्यो, १० अर्ब ४४ करोडको कारोबार

दैनिकी न्यूज

२५, माघ २०७७
नेप्से ४८ अंकले बढ्यो, १० अर्ब ४४ करोडको कारोबार
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयरबजारमा उच्च अंकले बढेको छ । बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८ दशमलव ७४ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ५ दशमलव ३० अंकले बढेको हो।

दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ। आज कारोबार रकमले समेत नयाँ कीर्तिमान कायम गरेको छ। आज २०२ कम्पनीको १ करोड ७७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।


आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने बाँकी ३ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ५७२.११ अंकले बढेको छ । निर्जीवन बीमा समूह ४९०.३ अंक, लघुवित्त समूह ३३४.२५ अंक, व्यापार समूह ८२.८२ अंक, होटेल्स् समूह २७.५२ अंक, जलविद्युत् समूह ५९.२१ अंक, वित्त समूह १६.०९ अंक, उत्पादन तथा प्रशोधन समूह ४१.७१ अंक र अन्य समूह ५३.९२ अंकले बढेको छ । उता आज बैंकिङ समूह ३.७१ अंक, विकास बैंक समूहमा ०.१७ अंक र म्युचुअल फन्ड समूह ०.०४ अंकले गिरावट आएको छ।

आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ७६ लाखको, तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाखको, ग्लोबल आईएमईको २९ करोडको र पाँचौँ स्थानमा रहेको छिमेक लघुवित्त विकास बैंकको २६ करोडको सेयर कारोबार भएको छ।

आज ३४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन आएसडीसी, गणपति, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स, सारथी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष र डिप्रोक्स लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ। त्यस्तै आरम्भ चौतारी लघुवित्त, समिट लघुवित्त, साधना लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, महुली सामुदायिक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, एनएलजी इन्स्योरेन्स, सिभिल लघुवित्त, ग्रामीण विकास लघुवित्त, फस्ट माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनर, छिमेक लघुवित्त, माउन्टेन हाइड्रो, लिबर्टी इनर्जी, पाँचथर पावर, सिनर्जी पवार, जनउत्थान सामुदायिक लघुवित्त, घलेम्दी हाइड्रोपवर र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यो दिन हिमालयन ऊर्जा विकास र स्वाभिमान लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

उता नेपाल फाइनान्सले हकप्रद शेयर सूचीकृत गरेसँगै फाइनान्सको शेयरमूल्य ६.२७ प्रतिशतले घटेर २९९ मा झरेको छ । ङादी ग्रुप पावर, सनराइज फस्ट, नाराणयी डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य घटेको छ ।

पुस ५ मा संसद् विघटनपछिको राजनीतिक अन्योलबीच पनि सेयर बजारमा निरन्तर उछाल देखिएको छ।राजनीतिक अन्योलसँग लगानीकर्ताहरू खासै डराएका छैनन्। वित्तिय प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ुबुलिस रनु मा अघि बढेको छ।

सेयर कारोबार लागु भएको ु टि प्लस टुु प्रणालीले पनि बजारलाई थप चलायमान बनाएको छ। यो नयाँ प्रणालीअनुसार सेयर किनबेच गरेको २ दिनमै सेयर कारोबारको राफसाफ तथा फर्सौट हुने भएको छ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १६:३७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology