Logo

शनिवार, आश्विन २४ गते २०८३

images

महालक्ष्मी विकास बैंकले प्रस्ताव गर्यो लाभांश

महालक्ष्मी विकास बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२१, माघ २०७७
महालक्ष्मी विकास बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९।२६ प्रशितले हुन आउने २८ करोड ४५ लाख ६९ हजार ८९१ रुपैयाँबराबरको बोनस सेयर रहेको छ।लाभांशमा लाग्ने करसमेत वितरण गर्ने निर्णय बैठकले गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ। 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १०:३७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology