Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बीमा समितिको अध्यक्षमा सिलवाल

बीमा समितिको अध्यक्षमा सिलवाल

दैनिकी न्यूज

१९, माघ २०७७
बीमा समितिको अध्यक्षमा सिलवाल
images

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो । उनी नेपाल सरकारका पुर्वसचिव हुन् । उनले उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरिसकेका छन् । बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त थियो । यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो । त्यसपछि अर्थमन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरेर सिलवाललाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुने छ ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २१:५७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology