काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।