Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड

यसरी भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

१६, माघ २०७७
यसरी भयो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड
images

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ आज बाँडफाँड भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौ लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आईपीओ बाँडफाँड गरिएको छ ।

बैंकले गत माघ २ गते शुक्रबारबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओमा कुल १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् । ६ हजार २ सय ७६ वटा आवेदन रद्ध भएका छन् ।

यो आईपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन् । ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् । यो हिसाबले कुल ७ करोड ९ लाख १९ हजार २८० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर भने लक्की ड्रमार्फत १० कित्ता थप बाँडफाँड गरिएको छ । लक्की ड्रमा भने ५० कित्ताभन्दा बढी आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकलाई समावेश गरिएको थियो। तीमध्ये ४ लाख ९२ हजार ७२ आवेदकले थप १० कित्ता सेयर पाएका छन् । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको कम्पनीको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १३:२९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology